संविधान कार्यान्वयनमा रोल्पालीको साथ माग्न आएके हुँ : प्रधानमन्त्री

संविधान कार्यान्वयनमा रोल्पालीको साथ माग्न आएके हुँ : प्रधानमन्त्री

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौ ६ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा पर्यटनको लागि उच्च सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गर्नुभयो । आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवाद सम्म पुग्न सकिने उहाँको भनाई छ ।

युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै उहाँले अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न आफू रोल्पा आएको जिकिर गर्नुभयो ।

आफूलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई जाने बताउँदै प्रधानमन्त्री दाहालले रोल्पाको विकास र परिवर्तनमा सधैँ साथ लागिरहने धारणा राख्नुभयो ।

राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उहाँको भनाइ थियो ।

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा माओवादी केन्द्र का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले बताउनुभयो ।

रोल्पा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव शुक्रबार उद्घाटन भई फागुनु १२ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ