काठमान्डौ माघ ६।
१९ औ बुढासुबा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब पहेलो विच प्रतिस्पर्धा हुदै छ ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल दिउसो २ बजे पछि हुने छ । यसअघि हिजो भएको खेलमा सीएमजी संकटाले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
संकटाले भारतको दुर्गापुर स्टील कोलकत्ता क्लबलाई ३ – २ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा दुइ विदेशी टोली सहित १० टोलीले सहभागिता जनाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्ने छ भने उपविजेताले साढे २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline