काठमाडौ ६ फागुन ।
नेकपा माओवादीको रोल्पाको थवाङमा ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आज महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनितिक प्रतिवेदनमाथि समुहगत रुपमा छलफल भएको छ ।
पार्टीको आगामी कार्य्दिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गर्नुभएको राजनितिक दस्तवेजमाथि आज विभिन्न २० वटा समुहमा विभाजन गरी छलफल भएको पार्टी प्रवक्त खड्गबहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।
समुहगत छलफलपछि अहिले टोली नेताले दस्तवेजमाथि धारणा राख्ने क्रम जारी रहेको जनाइएको छ । प्रतिवेदनमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिस्थितिको व्यख्या गर्दै नयाँ प्रक्रियाबाट क्रान्ती सफल पार्ने तथा प्रचण्ड बाबुरा विगतका प्रतिवद्धताबाट विचलित भएको लगायतका विषय समावेश छन् ।
यसअघि बन्दसत्रको पहिलो दिन हिजो महासचिव विप्लवले पार्टीको आगामी कार्य्दिशा समेटिएको दस्तावेज प्रस्तुत गर्नुभएको थियो । बन्द शत्रलाई सम्बोधन गर्दै महासचिव विप्लवले महाधिवेशनले देश र जनताताको लागि ऐतिहासिक निर्णय गर्ने उद्घोष गर्नुभएको छ ।
महाधिवेशनपछि देशभक्त, उत्पिडित जनताको मुक्तिका लागि पार्टिले ठोस निती ल्याउने बताउनुभयो । महाधिवेशनले समान्य विधान प्रतिवेदनमात्र पास गर्ने नभएर युगान्तकारी फैसला गर्ने बताउनुभयो ।
देश र जनताको एकता बलियो हुँदै जाँदा विदेशीको घेरा पनि फराकिलो हुने भन्दै अरुले साचेकोभन्दा भिन्न र नयाँ क्रान्तिकारी कदम चालने महासचिव विप्लवले बताउनुभयो । महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।
यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामन्चमा भएको थियो । २२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशैभरबाट हजारौंको सहभगिता रहेको थियो ।