काठमाडौ ५ फागुन ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन बि टेप्लिज्ले आज वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले वन्यजन्तु अपराध नियन्त्रण सबैका लागि साझा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकी सरकारले अन्तराष्ट्रियस्तरमा पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।
वन मन्त्रालय नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा अमेरिकी राजदूतावास र अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगसँग मिलेर काम गर्न चाहेको मन्त्री भण्डारीले बताउनुभयो ।
सो क्रममा टेप्लिज्ले जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको प्राकृतिक संरक्षणका परियोजनामा अमेरिकाले पु¥याउँदै आएको सहयोग आगामी दिनमा थप वृद्धि हुँदै जाने प्रतिवद्धता समेत जनाउनु भयो ।