काठमाडौ ५ फागुन ।
शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषदमा शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो ।
परिषदमा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा मनोनित हुनु भएको छ ।
यस्तै सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा कुस्मिला आचार्य र प्याब्सनका उपाध्यक्ष विजय सम्बााहाम्फे मनोनीत हुनुभएको छ ।
परिषदमा २३ सदस्य रहनेछन् । यसैबीच अभिभावक सङ्घ नेपाल र नेपाल राष्ट्रिय अभिभावक सङ्घबीच एकता गरी महासङ्घ गठन गर्ने सहमति भएको छ ।
दुवै सङ्घबीच वार्ता भई महासङ्घको विधान तयार भइसकेकाले चाँडै संयुक्त भेला गरेर तदर्थ समिति घोषणा गरिने राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिनुभयो ।