पाथीभरा पुरुष भलिबलमा आर्मी एपिएफ विजयी

पाथीभरा पुरुष भलिबलमा आर्मी एपिएफ विजयी

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ५ फागुन ।
ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज दिउँसो भएको खेलमा त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ विजयी भएका छन् ।

फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै, आजै भएको दोस्रो खेलमा एपिएफले मध्यमाञ्चललाई २५–१७, २५–१६, २५–१५ को सोझो सेटमा हरायो ।

प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी