काठमाडौ ५ फागुन ।
नेकपा माओवादीको ८औं महाधिवेशन अन्तरगत बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु भएको छ । बन्द शत्रलाई सम्बोधन गर्दै महासचिव विप्लवले महाधिवेशनले देश र जनताताको लागि ऐतिहासिक निर्णय गर्ने उद्घोष गर्नुभयो ।
महाधिवेशनपछि देशभक्त, उत्पिडित जनताको मुक्तिका लागि पार्टिले ठोस निती ल्याउने बताउनुभयो । महाधिवेशनले समान्य विधान प्रतिवेदनमात्र पास गर्ने नभएर युगान्तकारी फैसला गर्ने बताउनुभयो ।
देश र जनताको एकता बलियो हुँदै जाँदा विदेशीको घेरा पनि फराकिलो हुने भन्दै अरुले साचेकोभन्दा भिन्न र नयाँ क्रान्तिकारी कदम चालने महासचिव विप्लवले बताउनुभयो ।
माओवादी आफैले निर्माण गरेको शहिद स्मृति हलमा बन्दसत्र कार्यक्रम विहान १० बजेबाट सुरु गर्ने भनिए पनि प्राविधिक समस्याका कारण दिउँसो २ बजेपछि शुरु भएको थियो ।
यसैबीच बन्दसत्रको पहिलो दिन आज पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनितिक दस्तवेज प्रस्तुत गर्नुभएको छ ।
प्रतिवेदनमाथि भोली समूहगत रुपमा विभाजन गरी छलफल हुने पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।
जनयुद्धको उद्गम थालोका रुपमा परिचित थवाङमा हुन लागेको महाधिवेशनबाट पार्टीको भावी कार्यदिशा तथा रणनितिका बारेमा महत्वपूर्ण निर्णयहरु हुने प्रवत्ता प्रकाण्डले बताउनु भयो । अन्य सांगठनिक विषयमा भने महाधिवेशनमा कुनै छलफल नहुने बताइएको छ ।
थवाङमा चार दिनसम्म चल्ने महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी भएका प्रकाण्डले जानकारी दिनुभयो । यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामन्चमा भएको थियो ।
२२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशैभरबाट हजारौंको सहभगिता रहेको थियो ।