एमाले पोलिटव्युरो बैठक आज पनि बस्दै

एमाले पोलिटव्युरो बैठक आज पनि बस्दै

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ फागुन ५।
नेकपा एमालेको पोलिटव्युरो बैठक आज पनि बस्दै छ । आजको वैठक केहीबेर पछि पार्टी कार्यालयमा धुम्बाराहीमा बोलाइएको छ । आजको पोलिटब्युरो बैठकमा राजनीतिक प्रतिवेदनमाथी छलफल हुने एमालेले जनाएको छ ।

हिजोदेखी राजधानीमा शुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

यसअघि हिजोको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम वारे जानकारी गराउदै चुनावी वातावरण बनाउनका लागी संविधान संशोधनको बिषयमा पार्टीले लचकता अपनाएर मोर्चालाई सहमत गराउन भूमिका खेल्ने बताउनुभएको थियो ।

पार्टी प्रमुख सचेतक भानुभक्त ढकालले जेठभित्र चु्नाव गराउने बिषयमा सत्ता साझेदार कंग्रेस माओवादी केन्द्रसंग भएको समझदारी अनुसार मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनेवारे बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

संविधान संशोधनको बिरोधमा रहेको एमालेले मोर्चालाई मनाउने प्रयासमा पछिल्लो समय मधेस केन्द्रित दलहरुसंग संवाद समेत शुरु गरेको छ । प्रमुख सचेतक ढकालले संविधान संशोधनको प्रक्रियामा पार्टीले सर्तसहित लचकता अपनाउनेवारे बैठकले निर्णय गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ