काठमान्डौ माघ ५।
अन्तराष्ट्रिय आमन्त्रण बुढासुबा गोल्डकपको १९ औ संस्करण धरानमा आजबाट सुरु हुदै छ ।
आज हुने पहिलो उद्घाटन खेलमा भारतको दर्गापुर स्टील कोलकत्ता र सिएमजी संकटा क्लब विच प्रतिस्पर्धा हुने छ ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा दुइ विदेशी टोली सहित १० टोलीले सहभागिता जनाउने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
स्पर्धामा विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब सहित युनाइटेड सिक्कीम एफसी भारत,काँकडभिट्टा टेनिङ सेन्टर झापा, रुपन्देही एफसी, पोखरा टोली, धारन निलो र धरान रातोको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्ने छ भने उपविजेताले साढे २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline