नेकपा माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु

नेकपा माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु

  • बिहिबार, फाल्गुन ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ ५ फागुन ।
नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु भएको छ । महाधिवेशनको बन्दसत्रका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधि परिवेक्षकहरु मंगलबार नै थवाङ प्रस्थान गरिसकेका छन् ।

उद्घाटन सत्र राजधानीमा सम्पन्न गरेको महाधिवेशनको बन्दसत्र आजबाट मात्र सुरु हुने भएपनि भौगोलिक हिसावले विकट भएकाले मंगलबार नै प्रतिनिधिहरु महाधिवेशन स्थल प्रस्थान गरेको सो पार्टीले जनाएको छ ।

थवाङमा चार दिनसम्म चल्ने महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी हुने पार्टी प्रजक्ता खड्ग बहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।

बन्दसत्रमा पार्टीको आगामी कार्य्दिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तुत गर्नुहुने दस्तवेजमाथि छलफल हुने जनाइएको छ ।

जनयुद्धको उद्गम थालोका रुपमा परिचित थवाङमा हुन लागेको महाधिवेशनबाट पार्टीको भावी कार्य्दिशा तथा रणनितिका बारेमा महत्वपूर्ण निर्णयहरु हुने प्रवत्ता प्रकाण्डले बताउनु भयो । अन्य सांगठनिक विषयमा भने महाधिवेशनमा कुनै छलफल नहुने बताइएको छ ।

यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामन्चमा भएको थियो । २२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशैभरबाट हजारौंको सहभगिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ