१४ दशमलव ९ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा थपियो

१४ दशमलव ९ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा थपियो

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ४ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीच आगामी वैशाखभित्रै स्थानीय निर्वाचन गर्ने सहमति बनिसकेको दाबी गर्नुभएको छ ।

पाँचथरको नागिनमा आज हेवाखोला ए जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा वैशाखभित्रै चुनाव गर्ने सहमति बनेको बताउनु भयो ।

सरकारले साना लघुजलविद्युत् परियोजनामात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीहरुबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

कार्यक्रममा बोल्दै उर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै अघि बढ्नसके विकासका योजनाहरु कार्यान्वयन हुने बताउनु भयो ।

गत कात्तिकमा निर्माण सम्पन्न भएको यस आयोजनाबाट १४ दशमलव ९ मेगावाट बिजुली उत्पादन भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ