काठमाडौ ४ फागुन ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने गरेका डरलाग्दा खेलहरु समाप्त भएको दाबी गर्नुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले अब सकेसम्म लोडसेडिङको मार खेप्नु नपर्ने तर्फ आफूहरु लागिपरेको बताउनु भयो ।
केही समयभित्रै लोडसेडिङ अन्त्यको घोषणा गर्दै उहाँले काठमाडौंमा मेट्रो रेल चलाउन पुग्ने गरी विद्युतको जोहो गर्न लागि परेको जानकारी समेत गराउनु भयो ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अव लोडसेडिङ हुन्छ कि भनेर निराश हुने अवस्था नरहेको पनि स्पष्ट पार्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline