संशोधन र निर्वाचनको मिति घोषणा लगायतको विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक जारी

संशोधन र निर्वाचनको मिति घोषणा लगायतको विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक जारी

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौ,फाल्गुन ४।
संविधान संशोधन र स्थानीय तहको निर्वाचन मिति घोषणमा सहमतिको पहल स्वरुप प्रमुख तीन दलका शीर्ष नेतृत्वबीच आज पनि छलफल भइरहेको छ ।

गएराती अबेरसम्म छलफल गर्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि थप छलफल सुरु भएको हो ।

राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा मुलुकको वर्तमान गतिरोध अन्त्यको पहल गर्दै स्थानीय निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल केन्द्रित रहेको वालुवाटार स्रोतले जनाएको छ ।

प्रतिपक्षी एमाले संविधान संशोधनमा केही लचक भए पछि सरकार निर्वाचनको मिति घोषणा र वातावरण सहज बनाउन शीर्ष नेतृत्व सक्रिय बनेको हो । गएरातीको छलफलमा एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा लचकता देखाउने संकेत गरेपनि कुनै बहानामा चुनावको मिति तोक्न ढिलाई गरे मान्य नहुने धारणा राख्नु भएको थियो ।

यसअघि प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग करिक आधा घण्टा वालुवाटारमा छलफल गर्नुभएको थियो । आयोगले आगामी जेठ १ र २१ गते निर्वाचन गर्ने प्रस्ताव सरकारलाई गरेपनि दलीय सहमति हुन नसक्दा घोषणा भने हुन सकेको छैन ।

प्रमुख आयुक्त यादवले आगामी फागुन ८ गते भित्र निर्वाचन मिति घोषणा भए प्रस्तावित मितिमा निर्वाचन गर्न सकिने प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ