प्रधानमन्त्री दाहाल आज पाँचथर जाँदै

प्रधानमन्त्री दाहाल आज पाँचथर जाँदै

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ४ फागुन ।
पूर्वी पहाडी जिल्ला पाँचथरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ जाने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

उहाँले मध्यान्न साढे १२ बजे पाँचथरस्थित नागिनमा हेवा खोला १ जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै प्रधानमन्त्री दाहालले दिउँसो साढे २ बजे फिदिममा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय जिल्ला विषेश कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री दाहाल विभिन्नआयोजना उद्घाटन लगायत सभा समारोहलाई सम्बोधन गर्ने क्रम बढेको छ । उहाँ आजै साँझ काठमाडौ फर्किने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ