एमाले पोलिटबयुरो बैठक बस्दै

एमाले पोलिटबयुरो बैठक बस्दै

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाडौ ४ फागुन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीको प्रतिवेदन तथा पार्टीको आन्तरिक अवस्था, मेची महकाली अभियान, स्थानीय निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले राजनीतिक निकासका लागी निर्वाचन बाहेक कुनै विकल्प नभएको समेत ठहर गर्दै संबिधानले तोकेको समयसीमा भित्रै तीनै तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बालकोट स्थित अध्यक्ष ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले अर्को वर्षको मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा अध्यक्ष केपी ओलीले गतिरोध अन्त्यका लागि अन्य दलसँग भइरहेको प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो । मधेसी मोर्चासँग संवादहिनताको अबस्था तोडिएको भन्दै अध्यक्ष ओलीले केही सहज वातावरण बन्दै गएको बैठकमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ