दोस्रो पाथीभरा राष्ट्रिय भलिबलमा आज पनि दुइ खेल हुदै

दोस्रो पाथीभरा राष्ट्रिय भलिबलमा आज पनि दुइ खेल हुदै

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

ताप्लेजुङ फागुन ३ ।
ताप्लेजुङको फुलिङमा जारी दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत आज पनि दुइ खेल हुदै छन् । आज हुने पहिलो खेलमा एपिएफ र नेपाल पुलिस भिड्ने छन् ।

आजै हुने प्रतियोगिताको दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ । यस अघि हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेका छन् ।

आर्मीले मध्यमाञ्चलाई र पुलिसले पूर्वाञ्चल विकास क्षेत्रलाई सोझो सेटमा हराएका हुन् । आर्मीले २५–१०, २५–१७ र २५–१० ले हराएका छन् भने पुलिसले २५–१८, २५–१३ र २५–१४ ले हराएको हो । खेलमा आर्मी र पुलिसले समान ३–३ अङ्क जोडेका छन् ।

प्रतियोगितामा तीन विभागीय टिमसहित पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्र सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपबिजेताले एक लाख ६५ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी फागुन ७ गते सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी