मनाङ मस्र्याङदी क्लब आज ढाका जाँदै

मनाङ मस्र्याङदी क्लब आज ढाका जाँदै

  • बुधबार, फाल्गुन ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमान्डौ फागुन ४ ।
शेख कमल इन्टरनेसनल कप फुटबल प्रतियोगितामा सहभागी हुने मनाङ मस्र्याङदी क्लब आज बंगलादेशको ढाका प्रस्थान गर्दै छ ।

भोली देखि बंगलादेशको चित्तागोङमा सुरु हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली मनाङ मस्र्याङदी क्लब आज त्यस तर्फ प्रस्थान गर्न लागेका हुन ।

एमए अजिज रंगशालामा हुने प्रतियोगितामा मनाङले पर्सी आगामी आइतबार पहिलो खेल मोहमडन स्पोर्टिङ क्लब सँग खेल्ने छ । समूह बी मा मनाङसँगै बंगलादेशका चित्तागाङ अवहानी लिमिटेड, मेहमडन स्पोर्टिङ क्बल र अफगानिस्ताको शाहिन असमायी फुटबल क्लबहरु रहेका छन् ।

समूह ए मा अवहानी लिमिटेड ढाका, किर्गिस्तानको एफसी विस्केक, माल्दिभ्सको टिसी एफसी र दक्ष्ािँण कोरियाको पोचेओन सिटिजन एफसी रहेका छन् । समूहको शीर्ष दुइ टोली सेमिफाइनल पुग्ने छन् ।

फुटबल प्रतियोगिताको पछिल्लो तीन संस्करणमा विजयी हात पारेको मनाङ मस्र्याङदीले बंगलादेशमा पनि सोही सफलता दोहोर्याउने लक्ष्य लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी