उदयपूर गोल्डकपको फाइनलमा रुपन्देही र मोरङ भिड्ने

उदयपूर गोल्डकपको फाइनलमा रुपन्देही र मोरङ भिड्ने

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ३ फागुन ।
हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै रुपन्देही ११ उदयपुरको गाईघाटमा जारी चौथो उदयपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

थारुहट रंगाशालामा आज दिउँसो भएको खेलमा हिमालयन शेर्पालाई ३–२ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले उपाधि यात्रा तय गरेको हो ।

रुपन्देहीले अब फाइनलमा मोरङ ११ सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मोरङले सोमबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोल अन्तरले हराएर फाइनल पुगिसकेको छ ।

आजको खेलमा रुपन्देहीका लागि अमर डंगोलले खेलको २० औं मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसको ३७ औं मिनेटमा रुपन्देहीकै तर्फबाट दिपक राईले एक गोल थपे ।

खेलको ८३ औं मिनेटमा शेर्पाका विश्वास श्रेष्ठले एक गोल फर्काएका थिए । इन्जुरी समयमा रुपन्देहीका दिपक राईले गोल गरेर खेल ३–१ को स्थितिमा थियो ।

इन्जुरी समयमै शेर्पाका एलेक्सले गोल गरे र खेल ३–२ को स्थितिमा सकियो । टिमका लागि निर्णायक गोल गर्न सफल रुपन्देहीका दिपक राई म्यान अफ दि म्याच भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी