राजनीतिक निकासका लागि निर्वाचनको विकल्प नभएको एमालेको ठहर

राजनीतिक निकासका लागि निर्वाचनको विकल्प नभएको एमालेको ठहर

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ३ फागुन ।
नेकपा एमालेले राजनीतिक निकासका लागी निर्वाचन बाहेक कुनै विकल्प नभएको समेत ठहर गर्दै संबिधानले तोकेको समयसीमा भित्रै तीनै तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बालकोट स्थित अध्यक्ष ओलीको निवासमा आज बसेको स्थायी कमिटी बैठकले अर्को वर्षको मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममको समिक्षा गर्नुका साथै जारी गतिरोध अन्त्य तथा राजनीतिक निकासका लागी निर्वाचन बाहेक कुनै विकल्प नभएको ठहर गरेको पार्टी सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी ओलीले गतिरोध अन्त्यका लागि अन्य दलसँग भइरहेको प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो । मधेसी मोर्चासँग संवादहिनताको अबस्था तोडिएको भन्दै अध्यक्ष ओलीले केही सहज वातावरण बन्दै गएको बैठकमा जानकार िगराउनु भएको थियो ।

एमालेले फागुन १४ गते हुने स्ववियु निर्वाचन र पत्रकार महासंघको आसन्न महाधिवेशन विथोल्ने गरी तालावन्दी जस्ता क्रियाकलाप भइरहेको भन्दै सहज वातावरण बनाउन माग समेत गरेको छ ।

बैठकले भोली शुरु हुने पोलिटव्युरो बैठकको एजेण्डा पनि तय गरेको छ । पोलिटव्युरो बैठक भोली दिउँसो १ बजे धुम्वाराहीस्थित केन्द्रिय कार्यालयमा शुरु हुने सो पार्टीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ