काठमाडौ ३ फागुन ।
गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न दृढतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
आज दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री निधिले कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगरी काम गर्न निर्देशन दिनु भएको हो ।
हिजो मात्र नयाँ जिम्मेवारी पाउनु भएका नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उहाँले निर्देशन दिनुभयो ।
सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिादै उहाले सुन तस्करी, लागुऔषध एवम् सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाइ गर्न पनि
तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधनसम्बन्धी विधेयक र विपद् व्यवस्थापनसम्बन्धी विधेयक यथाशीघ्र पेस गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ ।
उहाँले विगतमा मधेसी मोर्चासँग भएको सहमतिअनुसार मुद्दा फिर्ताको प्रक्रिया तत्काल टुङ्ग्याउन पनि सचिव रेग्मीलाई निर्देशन दिनुभयो ।