देशलाई निकास दिन निर्वाचन आयोग हदैसम्म लचक छ : शर्मा

देशलाई निकास दिन निर्वाचन आयोग हदैसम्म लचक छ : शर्मा

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ३ फागुन ।
निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ ।

निर्वाचन मिति फागुन ८ मा घोषणा भए आयोगले जुनसुकै हालतमा पनि जेठ १ र २१ गते दुई चरणमा निर्वाचन गराउन सक्ने र यसका लागि तयारी गरिसकेको समेत बताएको छ ।

जिल्ला विकास समिति महासंघ नेपाल नगरपालिका सङ्घ तथा गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आज राजधानीमा आयोजना गरेको ‘स्थानीय तह पुनःसंरचना बाँकी कामहरु र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया आयोग सदस्य इला शर्माले यस्तो बताउनु भएको हो ।

देशलाई निकास दिन आयोग हदैसम्म लचक भएर निर्वाचन गराउन तयार रहेको शर्माको भनाई छ । आयोगलाई निर्वाचन गराउने विषयमा सरकारको नियतमा कुनै शंका नरहेको भन्दै उहाँले त्यसका लागि अब प्रशासनिक केन्द्र, नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत र कर्मचारीको उपस्थिति आवश्यक रहेको बताउनु भयो ।

स्थानीय तह पुनःसंरचना आयोगका सदस्य माधव अधिकारीले आयोगले अहिले विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण, स्थानीय तहमा आवश्यक प्रशासनिक संरचना र जनशक्ति उपलब्ध गराउन प्रस्ताव गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ