काठमाडौ ३ फागुन ।
नेकपा माओवादीको ८ औं महाधिवेशनका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधि परिवेक्षकहरु आज रोल्पाको थवाङ जाँदैछन् । भौगोलिक हिसावले विकट भएकाले आजदेखि नै प्रतिनिधिहरु महाधिवेशन स्थल प्रस्थान गर्न लागिएको सो पार्टीले जनाएको छ ।
थवाङमा चार दिनसम्म चल्ने महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी हुने पार्टी प्रजक्ता खड्ग बहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।
पर्सी फागुन पाँच गतेबाट सुरु हुने बन्दसत्रमा पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तुत गर्नुहुने दस्तवेजमाथि छलफल हुने जनाइएको छ ।
जनयुद्धको उद्गम थालोका रुपमा परिचित थवाङमा हुन लागेको महाधिवेशनबाट पार्टीको भावी कार्यदिशा तथा रणनितिका बारेमा महत्वपूर्ण निर्णयहरु हुने प्रवत्ता प्रकाण्डले बताउनु भयो । अन्य सांगठनिक विषयमा भने महाधिवेशनमा कुनै छलफल नहुने बताइएको छ ।
यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामन्चमा भएको थियो । २२ औं जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशैभरबाट हजारौंको सहभगिता रहेको थियो ।