निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको सुनुवाइ आज हुदै

निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको सुनुवाइ आज हुदै

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, फागुन ३।
संसदीय सुनुवाइ विशेष समितिले आज निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ गर्दै छ ।

समितिले हिजो आयुक्त उपर परेका उजुरीमा छलफल गरी आयुक्तको सुनुवाई प्रक्रिया अगाडि बढाउन लागेको हो । त्यसका लागि समितिको बैठक दिउसो १ बजेका लािग बोलाइएको छ ।

आजको बैठकमा तीनै जना प्रस्तावित आयुक्तको सुनुवाइ हुने समिति सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिनु भयो । समितिले गत माघ १९ गतेदेखि दश दिनको समय दिएर सरोकारवालासँग उजुरी माग गरेको थियो ।

सो अवधिमा एउटा मात्र उजुरी परेको बताइएको छ । प्रस्तावित आयुक्त सुधीरकुमार शाहविरुद्ध उजुरी परेको जनाइएको छ । उक्त उजुरीमा बालुवाटारमा रहेको सरकारी जग्गा निजी व्यक्तिको नाममा दर्ता गराउन सहयोग गरेको आरोप शाहलाई लगाइएकोे छ ।

संवैधानिक परिषद्ले गत माघ १४ निर्वाचन आयोगमा रिक्त तीन आयुक्त सिफारिस गरेको थियो । परिषद्ले पूर्वसचिवद्वय ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ