उदयपुर गोल्डकपमा आज रुपन्देही ११ ले हिमालयन शेपासँग प्रतिस्पर्धा गर्दै

उदयपुर गोल्डकपमा आज रुपन्देही ११ ले हिमालयन शेपासँग प्रतिस्पर्धा गर्दै

  • मङ्लबार, फाल्गुन ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ फागुन ३ ।
उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको दास्रो सेमिफाइनल अन्तगर्त आज रुपन्देही ११ले हिमालयन शेर्पा क्लबको सामना गर्दै छ ।

जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह तिन बजे पछि सुरु हुने छ ।

यस अघि हिजो भएको खेलमा मोरङ ११ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मोरङले सीएमजी संकटा क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

मोरङको जीतमा भुवन बस्नेत र मिक्चन तामाङले एक एक गोल गरेका हुन् । संकटाका लागि भने सजिन थापाले सान्त्वना एक गोल फर्काएका हुन् ।

प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी