स्ववियु निर्वाचनमा नेवि सङ्घ जिते राष्ट्रिय राजनीतिमा काँग्रेस सफल हुन्छ : देउवा

स्ववियु निर्वाचनमा नेवि सङ्घ जिते राष्ट्रिय राजनीतिमा काँग्रेस सफल हुन्छ : देउवा

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २ फागुन ।  

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।

प्रजातान्त्रिक प्राध्यापक सङ्घले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तोकिएको समयभित्र निर्वाचन हुन नसके मुलुकमा संवैधानिक सङ्कट आउने खतरा रहेकाले तत्काल निर्वाचनतिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले स्ववियुको निर्वाचनमा नेवि सङ्घले विजय हासिल गरेमा राष्ट्रिय राजनीतिमा नेपाली काँग्रेस सफल हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले प्राध्यापकले विभिन्न क्षेत्रमा अनुसन्धान गरी प्रकाशित ‘प्रज्ञा दर्शन’ उपयोगी रहेको विचार व्यक्त गर्दै त्रिविका प्राध्यापक तथा विद्यार्थीले अनुसन्धानमूलक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ