काठमाडौं, फागुन २।
सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको नेपाली टोलीका खेलाडीलाई आज नगदसहित सम्मान गर्दैछ ।
आज २ बजे बालुवाटारमा कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाइली लगायतले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको खेलकुद मन्त्री श्रीपाइलीका सल्लाहकार राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।
उपाधि जिते लगत्तै जनही तीन लाख नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि खेलाडी र प्रशिक्षकलाई सम्मान गर्न लागेको हो ।
नेपालले गत कात्तिक ३० गते भएको प्रतियोगिताको फाइनलमा मकाउलाई हराउँदै उपाधि जितेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline