काठमान्डौ फागुन २।
संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन मिति घोषणा, लगायत बिषयमा राजनीतिक दलहरुका विचमा विवाद बढी रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
शितलनिवासमा अपरान्ह चार बजेपछि हुने छलफलमा भण्डारीले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र साना केही दलका शीर्ष नेतालाई बोलाउनुभएको छ ।
छलफलमा संविधान कार्यन्वयनमा दलहरुको सहमति, स्थानीय निकाय निर्वाचन लगायत विषयमा छलफल हुने राष्ट्रपति कार्यलय श्रोतले जानकारी दिएको छ ।
यसअघि बिभिन्न दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल जुट्नु भएको राष्ट्रपति भण्डारीले आज भने सामुहिक रुपमा छलफल गर्न लाग्नु भएको हो ।
संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे दलहरुवीच सहमति गरि निर्वाचन घोषणामा ढिलाईभएको प्रति चासो व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संयुक्त छलफलको आयोजना गर्नुभएको हो ।
कंग्रेस माओवादी केन्द्र गठवन्धन सरकारले जेठ भित्र स्थानीय निर्वाचन मिति घोषणा गर्ने भनिएपनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउन नसक्दा निर्वाचन अन्यौल वढ्दै गएको छ ।