प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै

प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २ फागुन । 

भूकम्पपछिको पुनरनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको वैठक आज बस्दैछ । प्राधिकरणको सिइओमा गोविन्द पोखरेल नियुक्रि भएपछि पहिलोपटक समितिको बैठक बस्न लागेको हो ।

सहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा बिहान १० बजेपछि बस्ने बैठकमा पुनर्निर्माणमा देखिएका नीतिगत समस्या, जनशक्ति व्यवस्थापन लगायत बिषयमा छलफल हुने प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

बैठकमा भुकम्प प्रभावित जिल्लामा भइरहेको पुनर्निर्माणको पछिल्लो अवस्था, अनुदान बितरणको प्रक्रिया, जनशक्ति व्यस्थापन, जोखिमयुक्त बस्ती स्थानान्तरणमा भइरहेको प्रयास लगायतका बिषयमा पनि छलफल हुने प्राधिकरणले जनाएको छ ।

यस्तै एकीकृत बस्ती निर्माणमा देखिएका नीतिगत समस्या सम्वोधनका साथै ऐतिहासिक धरोहर तथा सम्पदा निर्माणका लागी भइरहेका प्रयासवारे समेत समिक्षा हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ