राप्रपा केन्द्रिय कार्यसम्पादन समिति बैठकमा राजासहितको प्रजातन्त्र प्रस्ताव

राप्रपा केन्द्रिय कार्यसम्पादन समिति बैठकमा राजासहितको प्रजातन्त्र प्रस्ताव

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २ फागुन ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समिति बैठक आजपनि बस्दैछ । धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा मध्यान्न १२ बजेपछि बस्ने बैठकमा अध्यक्ष कमल थापाको राजनितिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

हिजोबाट सुरु भएको बैठकमा पहिलो दिन पार्टी अध्यक्ष थापाले राजा सहितको प्रजातन्त्र तथा हिन्दुराष्ट्र हुनुपर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यद्यपी थापाको हिन्दु राष्ट्र बनाउनु पर्ने एजेण्डा माथि भने बैठकमा छलफल नहुने बताइएको छ ।

सो बिषय महाधिवेशनले टुंगो लगाउने सहमति एकीकरणकै समय भएकाले कार्यसम्पादन समितिको बैठकमा अन्य राजनितिक विषयमाथि मात्र छलफल हुने पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीको आगामी महाधिवेशनका लागि साझा एजेण्डा तय गर्न जारी बैठकमा अध्यक्ष थापाले राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको चर्चा गर्दै मुलुकलाई संक्रमणकालिन अवस्थाबाट बचाउन राजा सहितको प्रजातन्त्रको परिकल्पना गर्नुभएको हो ।

यस्तै बैठकमा राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि समेत छलफल हुनेछ । आगामी महाधिवेशनमा साझा एजेण्डा तय गर्ने उद्धेश्य सहित जारी बैठकले दुवै अध्यक्षको प्रतिवेदनलाई सहमतिका आधारमा आजै अन्तिम रुप दिने तयारी भएको सो पार्टीले जनाएको छ ।

गत मंसिरको पहिलो साता राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि बनेको राप्रपाको पहिलो एकता महाधिवेशन आगामी शुक्रवारदेखि ४ दिन राजधानीमा हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ