चेल्सी बर्नलीसँग बराबरीमा रोकियो

चेल्सी बर्नलीसँग बराबरीमा रोकियो

  • सोमवार, फाल्गुन २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी,फागुन २।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी बर्नलीसँग बराबरीमा रोकिएको छ ।

शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी घटाउने मौका गुमाएको छ ।

सातौं मिनेटमा पेड्रोको गोलबाट सुरुवाति अग्रता लिए पनि चेल्सीले जित निकाल्न भने सकेन । घरेलु मैदानमा भएको खेलमा २४ औं मिनेटमा रोबी ब्रेडीले बर्नलीका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि शीर्ष स्थानको चेल्सीको २५ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामभन्दा १० अंकले अघि छ । बर्नली २५ खेलबाट ३० अंकसहित तालिकाको १२ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी