जनयुद्धको उपलव्धि जोगाउन बलिदान दिन तयार छुः प्रचण्ड

जनयुद्धको उपलव्धि जोगाउन बलिदान दिन तयार छुः प्रचण्ड

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनको उपलब्धि जोगाउन आफू बलिदान दिन तयार रहेको बताउनु भएको छ ।

पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आज २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उहाँले उपलव्धि गुम्न नदिन आफू लागि परेको बताउनु भयो ।

दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्ने बताउनु भयो ।

माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउन सक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ । प्रधानमन्त्री दाहालले बताउनु भयो ।

उहाँले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गर्नु भयो ।

माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ