काठमान्डौ, फागुन १।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नभइ निर्वाचनमा गए फेरि द्धन्द्धको अवस्था सृजना हुन सक्ने बताउनु भएको छ।
साथै उहाँले संविधान संशोधन नगरी निर्वाचनमा जानु निहु खोज्नु जस्तै भएको बताउनु भएको छ । आज जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता भटराईले यस्तो बताउनु भएको हो ।
डा.भट्टराईले अहिले संविधानमा रहेका त्रुटिहरुलाई परिमार्जन गरी मधेसी, थारु, आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्नु अति आवश्यक रहेको बताउनु भएको हो ।
डा.भट्टराईले शान्तिपूर्ण चुनावको एक मात्र उत्तम विकल्प संविधान संशोधन रहेको दाबी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline