काठमाण्डौ ,१ फागुन ।
आफूलाई प्रहरी महानिरीक्षक बनाई पाउँ भन्दै डीआइजी नवराज सिलवालले आज सर्वोच्च अदालतमा रिट दर्ता गनूृ भएको छ । सिलवालको रिटमाथि भोली सुनुवाई हुने भएको छ ।
मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी चन्दलाई आइजीपी बनाउने निर्णय गरेको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाउनु भएको हो ।
डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline