नेकपा माओवादीको ८ औं महाधिवेशन राजधानीमा सुरु

नेकपा माओवादीको ८ औं महाधिवेशन राजधानीमा सुरु

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौ १ फागुन ।  

२२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादीको ८ औं महाधिवेशन आज राजधानीमा सुरु भएको छ । महाधिवेशनको पार्टी महासचिव विप्लवले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।

२२ औं जनयुद्ध दिवस तथा ८ औं महाधिवेशन भएकाले विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवश र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् ।

यसअघि लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेल लगायतका स्थानबाट शिर्ष नेताहरुको नेतृत्वमा निकालिएको र्याली खुल्लामन्चमा पुगेर सभामा परिणत भएको थियो ।
महाधिवेशनमा सहभागी हुन उपत्यकासहित देशैभरबाट ठूलो संख्यामा कार्यकर्ता तथा प्रतिनिधि पर्यवेक्षक राजधानी आएका छन् । आजको उद्घाटनपछि बन्दशत्र भने आगामी फागुन ५ गते रोल्पाको थवागंमा हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ