रुपन्देही, फागुन १।
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिका कच्चा र अल्छी खेलाडी भएको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले प्रधानमन्त्री दाहालले चुनाव टार्ने काम गरिरहेको बताउनु भएको हो ।
साथै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले प्रधानमन्त्री दाहाल चुनावका लागि तयार नभए अर्को चुनावी सरकार बन्ने उल्लेख गर्नु भयो ।
माओवादी केन्द्रले चुनाव टारीरहेको बताउँदै उहाँले अव सत्ता साझेदार नेपाली कांग्रेसले सोच्नु पर्ने बेला आएको बताउनुभयो ।
चुनावको वातावरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बिचमा भेटवार्ता भएको बताउँदै उहाँले बोलेको कुरा कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline