जनयुद्ध दिवस आज माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै

जनयुद्ध दिवस आज माओवादीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै

  • आइतवार, फाल्गुन १, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

फागुण १ काठमाण्डौं । आज २२ औं माओवादी जनयुद्ध दिवस माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छ । आज भन्दा २२ वर्ष अघि ५२ सालमा आजकै दिन माओवादीले रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलीको गडीमा प्रहरी चौकीमा आक्रमण गरी जनयुद्धको घोषणा गरेको थियो ।
आज माओवादी केन्द्रले दिउसोँ १ बजे पेरिसडाडामा कार्यक्रम गरी मनाउदैछ । कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहितका अन्य नेताहरु सहभागी हुदैछन् ।
विप्लव नेतृत्वको नेकपा माओवादीले जनयुद्ध दिवसकै अवसर पारेर खुल्लामञ्चमा ८ औं महाधिवेशनको उद्घाटन गर्दै छ ।

यसै गरी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कुपण्डोलको राज्य कार्यलयमा दिउसो १२ बजे एक अन्तरक्रिया कार्यक्रम राखेको छ ।
कम्युनिष्ट नै परित्याग गरेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले भने जनयुद्ध दिवस गत साल देखि नै मनाउन छाडेको छ ।
जनवादी सत्ता स्थापनाको लागि भन्दै थालिएको जनयुद्ध १० वर्ष पछि शान्ति प्रकृयामा प्रवेश गरे पछि जनयुद्धका सुत्रधार पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईमा विचलन आएको भन्दै मोहन बैद्य र नेत्र विक्रम चन्दको नेतृत्वमा अहिले अलग अलग पार्टी उदाएको छ ।
बाबुराम भ्ट्टाई नया शक्ति बनाएर माओवाद नै परित्याग गरेर पलाएन भएको माओवादीहरुको तर्क छ ।
जनयुद्ध दिवसको अवसर पारेर विप्लव नेतृत्वको नेकपा माओवादीले खुल्ला मञ्चमा पार्टीको आठौं महाधिवेशनको उद्घाटन गर्दै छ ।
उता माओवादी केन्द्र ले पनि बिशेष कार्यक्रम गर्दै छ । पार्टिले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिीतिमा र क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएका छन् ।
जनयुद्धका मुख्य नेताहरु नै विगतमा देश र जनताको मुक्तिका लागि भन्दै व्यक्त गरेका प्रतिवद्धताहरु छाडेर हिडेको चौतर्फी गुनासो र वितृष्णा पैदा हुदै गएको छ ।
यस जनयुद्धमा १७ हजार मानिसको ज्यान गएको थियो । त्यसै गरी माओवादी सेनाको ठूलो संख्या विघटन भएको छ भने करीब १५ सय जति नेपाली सेनामा समायोजन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ