काठमाडौ २९ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजना निर्माणमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
बाराको निजगढमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सरकार आफैले बनाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवका आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा प्रधानमन्त्री दाहालको भनाई छ ।
आफ्नो भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानी कै कारण हुलाकी मार्गको निर्माणको काम सुरु भएको भन्दै उहाँले तराईमा रेल मार्गको निर्माणलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।
आफू प्रधानमन्त्री बने देखिनै मेलम्ची खानेपानी, जलाशययुक्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लगायत राष्ट्रिय गौरवका आयोजना अनुगमन गरी समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएको जिकिर गर्नुभयो ।