सिमरा गोल्डकपको उपाधिका लागि आज आर्मी र संकटा भिड्दै

सिमरा गोल्डकपको उपाधिका लागि आज आर्मी र संकटा भिड्दै

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २९ माघ । 

बाराको सिमरामा जारी दोस्रो सिमरा गोल्डकप फुटबलको फाइनल भिडान्त आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि आज विभागिय टोली त्रिभूवन आर्मी र सिएमजी संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सिमरा रंगाशालामा दिउँसो २ बजेपछि हुने खेलमा दुवै टोली जीत हात पार्दै उपाधि कब्जा गर्ने दाउका साथ मैदान उत्रदैछ । आर्मी हिमालयन शेर्पालाई पराजित गर्दै फाइनल पुगेको हो ।

यस्तै डिफेन्डिङ च्याम्पियन विजय युथ क्लबलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो भने यो सिजन दुई टोलीबीच हुन लागेको चौथो भेट हो ।

आर्मीलाईयसै सिजन नारायणगढमा सम्पन्न विकास रनिङ सिलडको फाइनल खेलमा संकटासँग बेहोरेको हारको बदला लिन पनि आज महत्वपूर्ण अवसर रहेको छ ।

प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले दुई लाख ५१ हजार नगद पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी