काठमाडौ २८ माघ ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव टुंगोमा र्पुयाएपछि मात्रै निर्वाचनमा जाने बताउनु भएको छ । मोर्चालाई सहमतिमा नल्याई निर्वाचन गराउन नसकिने उहाँले भनाई छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले निर्वाचनका लागि विपक्ष र असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकार जुटिरहेको जानकारी गराउनु भयो ।
असन्तुष्ट पक्षलाई सहमतिमा ल्याइ निर्वाचनका लागि वातावरण बनाउन सरकार लागिपरेको मन्त्री निधिले बताउनु भयो ।
जनतालाई कानूनी राज्यको प्रत्याभूति दिलाउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले शान्ति सुरक्षा र अपराध नियन्त्रणको क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline