निर्वाचनको वातावरण बनाउन अर्को सरकार गठन नगरी सुखै छैन ःरावल

निर्वाचनको वातावरण बनाउन अर्को सरकार गठन नगरी सुखै छैन ःरावल

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमडौ २८ माघ ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले केही दिन भित्रमा स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ । चुनाव घोषणा गरेमा भने संविधान संशोधन विधेयकमा छलफल गर्न दिने उहोले बताउनु भयो ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले वर्तमान सरकारको विकल्प खोज्ने बेला भएको भएको बताउनु भयो ।

तत्काल निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड दिँदै उहाँले चुनाव गराउनका लागि अर्को सरकार गठनको आवश्यकता रहेको धारणा राख्नुभयो ।

पूर्वमन्त्री समेत रहनु भएका रावलले मुलुकको संकट समाधान हुन्छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न दिन एमाले तयार रहेको जिकिर गर्नुभयो ।

मधेसी मोर्चा लगायत अन्य दलहरुसँग छलफल गरेर मुलुकको समस्याको समाधान निकाल्नका लागि आफ्नो पार्टीले सकारात्मक प्रयत्न गर्ने रावलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ