छिमेकीसँगको सम्बन्ध स्वार्थका लागी प्रयोग हुदा राष्ट्रियता कमजोर : महत

छिमेकीसँगको सम्बन्ध स्वार्थका लागी प्रयोग हुदा राष्ट्रियता कमजोर : महत

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २८ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियता कमजोर बन्ने बताउनु भएको छ ।

राजधानीमा आज आयोजित रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले लामो समयदेखि नेपालमा छिमेकीसँगको सम्बन्धलाई हतियारका रुपमा प्रयोग गरेकाले राष्ट्रियता कमजोर बन्दै गएको बताउनु भयो ।

मन्त्री महतले कूटनीतिलाई अत्यन्त बुद्धिमतापूर्वक प्रयोग गर्न सके मात्रै सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्ने धारणा राख्नुभयो ।

कूटनीतिक माध्यमबाट आफ्नो स्वार्थ, हित र अधिकारलाई जोडदार ढङ्गबाट राखेर राष्ट्रिय सुरक्षा सुदृढ र सुनिश्चित भई लक्ष्य पूरा गर्न सकिने उहाँको धारणा छ ।

मन्त्री महतले नेपालले भारत र चीनको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरिरहेको बताउँदै दुवैसँगको सम्बन्ध विश्वासमा आधारित रहेका तुलना गर्न नमिल्ने बताउनु भयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि कूटनीति र सुरक्षा नै मुख्य खम्बा भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ