तेस्रो हिसान खेलकुद सप्ताह–२०७३ सम्पन्न

तेस्रो हिसान खेलकुद सप्ताह–२०७३ सम्पन्न

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २८ माघ ।

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आजदेखि सम्पन्न भएको छ ।

उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा भएको प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

आज भएके समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद उमेश श्रेष्ठले खेलकुदले मानिसको क्षमता अभिवृद्धिमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले देश विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूको योग्यता र क्षमतालाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट प्रस्फुटनका लागि यो कार्यक्रम आयोजना गरिएकोे बताउँदै बताए ।

समापन कार्यक्रममा बास्केटबल प्रतियोगितामा महिलातर्फ प्रथम र द्वितीय हुने क्रमश जेभियर इन्टरनेसनल कलेज र नाशा इन्टरनेसनल कलेज तथा पुरुषतर्फ प्रथम र द्वितीय हुने क्रमश क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) र जेभियर इन्टरनेसनल कलेजलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

खेलमा महिलातर्फ जेभियर इन्टरनेसनल कलेजकी छात्रा कर्मा्छिरिङ शेर्पा र पुरुषतर्फ सिसिआरसीका छात्र मनिष केसी उत्कृष्ट खेलाडी घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी