नारायणकाजी निवासमा प्रचण्ड-ओलीबीच भेट, २० मिनेटमा भयो यस्तो सहमति !

नारायणकाजी निवासमा प्रचण्ड-ओलीबीच भेट, २० मिनेटमा भयो यस्तो सहमति !

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ ,२८ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचएमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा भेटघाट भएको छ।

माओवादी नेता श्रेष्ठको पहलमा आज प्रधानमन्त्री तथा प्रमुख विपक्षी दलका नेताबीच बिहान १० बजे करिब २० मिनेट छलफल भएको हो।

भेटमा प्रधानमन्त्री दाहालले निर्वाचनको माहोल बनाउका लागी सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा अध्यक्ष ओलीले निर्वाचनमा जान संविधान संशोधन जरुरी नरहेको बताउँदै तत्काल मिति घोषणा गरेर जानुपर्ने उल्लेख गरेका थियो ।

यस्तै स्थानीय तह निर्वाचनको मिति घोषणा, पाँच नम्बर प्रदेशको सिमाङ्कन लगायतका विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमान्त्री निकट स्रोतका अनुसार संविधान संशोधन गरेर मिति घोषणा गरौं भन्ने प्रस्ताव प्रचण्डले राख्नुभएको र ओलीले संसोधनलाई थाति राखेर निर्वाचनको मिति घोषणा गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले छलफल सकारात्मक भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन सैद्धान्तिक रुपमा निर्वाचन गरेर जानुपर्ने कुरामा प्रधानमन्त्री सकारात्मक देखिनुभएको प्रतिक्रिया दिनुभएके छ ।
उहाँलाई निर्वाचनको मिति तोक्न आफुहरुले आग्रह गरेको रावलले बताउनु भयो ।

दुवै पक्षले कांग्रेस सभापति शेरबहादुर देउवा सहित बैठक बसेर निश्कर्षमा पुग्ने निर्णय गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ