काठमान्डौ माघ २८।
उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज गाइघाट ११ ले हिमालयन शेर्पा क्लबको सामना गर्दै छ ।
जीत आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा दिउसो हुने छ ।
यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा संकटाले धरान फुटबल क्लबलाई ३ –१ गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जीतका लागि साजन राई, लावन ओलाकेन र राज पौडेलले एक एक गोल गरेका हुन् । धरानका लागि प्रकाश बुढाथोकीले एक गोल गरेका हुन् ।
प्रतियोगितामा ए डिभिजनका तीन सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline