माघ २७ लाहान । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विहान सिरहाको लहान बजारमा एक आपसमा ट्रक ठोकिदा एक चालकको मृत्यू भएको छ भन्ने अर्को चालक घाईते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा. ४ ख. ७१२ नम्बरको ट्रक र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना.५ ख.नम्बरको ट्रक आपसमा ठोकिदा पूर्वतर्फ जाँदै गरेको ट्रकको चालक मकवानपुर आमभन्ज्यांग ४ का रत्नमान लोको मृत्यू भएको छ । अर्को ट्रकको चालक ट्रकभित्रै गुफामा घाईते अवस्थामा सुरकछित रहेकाले निज चालकलाई स्काभेटरको सहयताले स्थानिय प्रहरीले उदारगरी लहान स्पतालमा उपचारका लागि पठाएको छ । घईते चालकको ठेगाना खुलेको छैन् ।
तिब्रगतिको कारण अनियन्त्रित भएर ट्रक आपसम ठोकिएको लहानका डिएसपी राजकुमार केसिले बताउनु भयो । बीच सडकमै रहेको दुबै गाडिलाई स्काभेटरकै सहयताले साईड लगाई राजमार्ग खुलाएका छन् । दुबै ट्रकमा रहेको खलासी भने सुरछित छन् । मृतक चालकलाई उपचारकालागि लगदै गर्दा बाटोमै मृत्यू भएको डिएसपी केसिले बताए । दुबै ट्रकको आगाडिको भाग छेदविच्छेद भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
