काठमाडौ २७ माघ ।
हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब बारामा जारी रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आज सिमरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको छ ।
आर्मीको जितमा टंक बस्नेतले एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । हिमालयन शेर्पाका लागि हेमन गुरुङले एक गोल फर्काए ।
आर्मीले अब उपाधि लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । विजय युथ क्लबलाई पराजित गर्दैै संकटा बुधबार फाइनलमा प्रवेश गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline