काठमाडौ २७ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ जिल्लाले पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ । राप्रपा काठमाडौले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई यस्तो निर्देशन दिएको हो ।
पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलोपटक आज बसेको बैठकले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म राजधानीमा गर्ने भनिएको महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकले पार्टी अध्यक्ष कमल थापालाई पार्टीको आगामी एकता महाधिवेशनमा अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत संकल्प प्रस्ताव समेत पारित गरेको सह–प्रवक्ता गिरीले बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline