आर्थिक समृद्धिका लागि पुँजीपतिर श्रमिकबीच सन्तुलित सम्बन्ध आवश्यक : भट्टाराई

आर्थिक समृद्धिका लागि पुँजीपतिर श्रमिकबीच सन्तुलित सम्बन्ध आवश्यक : भट्टाराई

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ २७ माघ ।  

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पुँजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज मजदुर सङ्गठनहरुको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुँजी लगानी गर्ने मालिक र श्रम लगानी गर्ने मजदुरबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

श्रमिकको रोजगारीको सुनिश्चितता गरी स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उहाँले पुँजीको अभावमा रोजगारीको अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पुँजीको उचित परिचालन हुन नसक्ने भएकाले यसको अन्त्यका लागि पँुजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्ने बताउनु भयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता भट्टाराईले मुलुकको आर्थिक विकासका लागि पुराना ट्रेड युनियनको निरन्तरता नभई नयाँ सोंच, विचार र कार्यशैलीसहित काम गर्न उच्च वातावरण तयार गर्न मजदुर नेतालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा खगेन्द्र प्याकुरेल नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ र नयाँ शक्ति आबद्ध नेपाल समाजवादी ट्रेड युनियन महासङ्घबीच एकिकरण घोषणा भएको हो ।

महासङ्घमा प्याकुरेलसँगै कृष्णप्रसाद सुवेदी, मणिकुमार घिमिरे, राजेश मैनाली, बलबहादुर तामाङ, पाण्डवप्रसाद थपलिया, सनकबहादुर मैनाली, पवनजङ्ग मैनाली, बिन्दा गिरी, निर्मला पौडेल, सत्यनारायण चौधरी लगायत रहेका छन् ।

कार्यक्रममा संयोजक खगेन्द्र प्याकुरेलले अन्य पार्टीका नेतृत्वभन्दा नयाँ शक्ति पार्टी र त्यसको नेतृत्वप्रति आफूहरु विश्वस्त रहेर समाजवादी ट्रेड युनियनमा एकीकृत भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ