काठमाडौ २७ माघ ।
नेपाल विश्व फुटबल वरियतामा दुई स्थान माथि उक्लिएको छ । फुटबलको सर्बोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियता अनुसार नेपाल १ सय ७३ औँ स्थानमा छ ।
दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि १ सय ३० औँ स्थानमा छ भने माल्दिभ्स ५ स्थान उक्लिएर १ सय ४० आँै स्थानमा पुगेको छ ।
फिफा वरियतामा १ सय ५१ स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा तेस्रो स्थानमा छ । नेपाल भन्दा तल भुटान १ सय ७७, बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९६ र पाकिस्तान १ सय ९८ औँ स्थानमा छन् ।
विश्व फिफा वरियताको शिर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline