‘जनता शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएको हेर्न चाहन्छ’

‘जनता शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएको हेर्न चाहन्छ’

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २७ माघ ।  

स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘आजकोे शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताले मुख्यगरी ती दुई क्षेत्रमा आफ्ना आकांक्षा पूरा भएको हेर्न चाहेको बताउनु भयो ।

सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरु परनिर्भर भइरहनु नपर्ने पनि उल्लेख गर्नुभयो । सो क्रममा मन्त्री थापाले ‘आजको शिक्षाडटकम’ को शुभारम्भ पनि गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल लगायतको उपस्थिति रहेको
थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ